रोल्पा । रोल्पाको माडी गाउँपालिकाले फागुन १ गते ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले सूचना निकालेर माघ १७ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार फागुन १ गते बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् ।

सूचनामा भनिएको छ, ‘माडी गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०८०।१०।१७ गतेको निर्णयानुसार “जनयुद्ध दिवसको उपलक्ष्यमा २०८० फाल्गुन १ गते मङ्गलवारका दिन माडी गाउँपालिका मातहत रहेका सरकारी कार्यालय तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिने” निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

advertisement

‘जनयुद्ध’ दिवसमा बिदा दिने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरेको थियो । सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरूको भावना चोट पर्न सक्ने भन्दै ‘जनयुद्ध’ दिवसमा बिदा दिने निर्णय खारेज गरेको हो । तर, अदालतको आदेश विपरीत गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष अमर सिंह घर्तिमगरले भने, ‘बिदाको विषयमा धेरै बहस र छलफल गर्न जरुरी छैन । हामीले पहिलेदेखि नै उक्त दिन बिदा दिँदै आएका थियाैँ । सोही अनुसार अहिले पनि दिएका हौँ । अदालतको आदेशले फरक पर्दैन ।’

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com