काठमाडौं । काठमाडौं महानगरका मेयर बोलेन शाहले गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिङ्गो पार्टी नै लाग्ने गरेको आरोप लगाएका छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिङ्गो पार्टी नै लाग्नु विडम्बना भएको बताएका हुन्।

advertisement

स्विकारी स्विकारी गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिङ्गो पार्टी लाग्छ भने यो भन्दा विडम्बना अर्को के हुन्छ भन्दै उनले प्रश्न गरेका छन्।

कर्मचारीले आफ्नो गल्ती स्विकार्दा पनि वडाअध्यक्षहरुले कार्यपालिकाबाट अगाडि बढाउन रोक्नु कर्मचारीलाई बचाउने खेल भएको बताएका छन्।

‘कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ ।कर्मचारी स्वयमले मैले गलत गरेको हो भनेर लिखित रूपमा स्विकारेको पनि थाहा छ। यति हुँदा हुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ हो, वडाअध्यक्षज्युहरुको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल, उनले लेखेका छन्, यसलाई कर्मचारीको मनोबल के हुन्छ, मेयरले एकलौटी गर्न पाइँदैन भन्ने जस्ता प्रश्नले छोप्न खोजिन्छ। साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनु होला  चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ। चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ। प्रस्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसन खोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने।’

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com