पोखरा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको नेतृत्व गर्छु भन्ने राजीतिक दल र नेतृत्वले जनतामा निराशा बाँड्न छाड्नुपर्ने बताएका छन्।
पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको ११औं संस्करणको तेश्रो दिन शनिबार अर्थमन्त्री हुनुको अर्थ शीर्षक सेसनमा बोल्दै पुनले मुलुकमा केही हुँदैन भनेर निराशा फैलाउन खोजिएको बताएका हुन्।
गतवर्ष मात्र नेपालको अर्थतन्त्र श्रीलंकाको मोडलमा संकटमा जाने आधारहीन हल्ला चलाइएको भन्दै पुनले वर्तमान प्रचण्ड नेतृत्वको सरकार बन्दा ४ महिनाका लागि मात्र वस्तु र सेवाको आयात धान्न सक्ने वैदेशिक मुद्रा सञ्चिती रहेकामा हाल १२ महिनाका लागि आयात धान्न पुग्ने वैदेशिक मुद्राको सञ्चिती रहेको बताए।
‘विकासको गति पुगेको छैन। सरकारले गति बढाउनुपर्छ। तर, केही भएको छैन भन्ने सत्य होइन। निराशाको हल्ला खल्ला धेरै सही छैन। तथ्यांक र आंकडामा हेर्नुपर्छ। एक वर्षअघि ४ महिनाका लागि विदेशी मुद्रा सञ्चिती थियो। अहिले १२ महिनाका लागि पुग्ने छ।’
खोज पत्रकारिता केन्द्र (खोपके) का सम्पादक किरण नेपालले सहजीकरण गरेको सत्रमा पुनले सरकारले क्रिप्टो करेन्सी, विट क्वाइन र हुण्डी नियन्त्रण गरेका कारण अर्थतन्त्रमा सुधार देखिएको चर्चा गरे।
प्रकाशित मिति: ५ फाल्गुन २०८०, शनिबार













प्रतिक्रिया