काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पद गुमाउनुपर्छ कि भन्ने डर नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार जाला कि भन्ने आफूलाई विल्कुलै डर नभएको बताए ।

advertisement
‘सरकार जाला कि भन्ने डर मलाइ विल्कुलै छैन । कसरी सुशासन कायम गर्न सकिन्छ, कसरी भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ, कसरी सामाजिक सेवामा सुधार ल्याउन सकिन्छ भन्ने बाहेक आजको दिनमा मेरो सरकारको कहीँ पनि चिन्ता छैन’, उनले भने ।
सांसद पराजुलीले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण आदिमा छानबिन अघि बढाउँदा प्रधानमन्त्रीलाई कुर्सी हल्लिने डर भएको जस्तो देखिएको बताएका थिए । नीतिगत निर्णय गर्नेहरु उम्कने र कार्यान्वयन गर्नेहरु सजायको भागीदार हुने अवस्थाले सुशासनको अभियान सफल हुन्छ भन्नेमा संशय पैदा गरेको उनको भनाइ थियो । सरकारले सुरु गरेको अनियमितताको छानबिन निष्कर्षमा पुग्न नसक्नुको पछाडि कुर्सी हल्लिन्छ भन्ने डर हो कि भनी पराजुलीले प्रधानमन्त्रीलाई सोधेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले कुर्सी जाने डर मानेको भए छानबिन नै सुरु नहुने बताए । ‘कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबिन नै सुरु हुने थिएन । विगतमा पनि थिएन नि घटनाहरु त, कति छानबिन भए’, प्रधानमन्त्रीले भने, ‘सुशासन मेरो नारा होइन संकल्प हो ।’

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com