काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटघाट भएको छ।

एमाले केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्रीको कडा आलोचना गरेपछि साँझ प्रधानमन्त्रीसँग भेटघाट गर्न बालुवाटार पुगेका थिए।

advertisement

सत्ता गठबन्धन दल नेपाली कांग्रेस महासमिति बैठकमा व्यस्त भएको र आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने बहस चलिरहेका बेला उनीहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ।

मंगलबार दिउँसो मात्र पार्टीको केन्द्रीय समिति बैठकमा ओलीले पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा आयोगले दोषी करार गरेका व्यक्तिलाई मन्त्रीबाट नहटाएको भन्दै प्रधानमन्त्री दाहालको कडा आलोचना गरेपछि भेटघाट भएको हो।

ओलीले आफैले बनाएको आयोगले दोषी करार गर्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नगरेको भन्दै आपत्ति जनाएका थिए।

प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com