काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटी लिएर थुनाबाहिरै बसेर अनुमति दिंदै पुनरावेदन निवेदन दर्ता गरेको छ।

अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले थुनाबाहिरै बस्ने आदेश गर्दै अनुमति दिएका हुन्।

advertisement

सन्दीपले काठमाडौं जिल्ला अदालतलाई दिएको २० लाख रुपैयाँ धरौटीले नै थाम्ने देखिँदा शुरुमा राखेको धरौटीलाई कायम गरिदिएको आदेश छ।

सन्दीपलाई ८ वर्ष कैद पठाउने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेका हुन्। सन्दीपले आफू थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने मागसहित उनका कानुन व्यवसायीले निवेदन दर्ता गराएका हुन्।

काठमाडौं जिल्ला अदाललते सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस १३ मा जर्बजस्तीकरणी भएको ठहर गर्दै पुस २४ मा सजाय तोकेको थियो।

प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com