काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित कुमार पौडेलसहित केन्द्रीय सम्झौताको ए ग्रेड मा परेका ६ खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने निर्णय गरेको छ।

फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमिति बोर्ड बैठकले पूरुषतर्फ ए ग्रेडमा पर्ने खेलाडीलाई मासिक एक लाख रुपैयाँ र महिलातर्फ ए ग्रेडमा परेका खेलाडीलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो।

advertisement

यस्तै पुरुषतर्फ ग्रेड बीका खेलाडीलाई ७० हजार, सी लाई ५५ हजार, डी लाई ३५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो। महिलातर्फ बी ग्रेडलाई ३५ हजार, सी लाई ३० हजार, डी लाई २५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २० हजार रुपैयाँ दिने निर्णय गरेको हो।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com