काठमाडौं । कांग्रेस-माओवादीसहितको सत्तारुढ गठबन्धन दुर्घटनामा परेको छ । प्रचण्डकै नेतृत्वको सरकारमा एमाले सहितका दलहरु सहभागी हुने भएका छन् ।

आइतबार मुलुकका धेरै स्थानमा हल्का वर्षा भएपछि मौसम चिसिए पनि राजनीति सरगर्मी बढे ह्वात्तै बढ्यो । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख दलहरूबीच अस्वाभाविक दौडधुपले गरमराएको राजनीति ‘१० पुस’को कोर्समा अघि बढेको छ ।

advertisement

आइतबार दिनभर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटार, कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठ र एमाले अध्यक्ष केपी ओलीनिवास बालकोट सक्रिय देखियो । आन्तरिक छलफलमा जुटेका प्रमुख दलका शीर्ष नेताले द्विपक्षीय संवाद पनि गरे ।

संसद्मा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे प्रधानमन्त्रीले छलफल गरेको नेताहरूले दाबी गरे पनि भित्रभित्रै सत्ता समीकरण फेरदबलको खेल भएको देखिएको छ । सोमबार बिहानैबाट फेरि दलका नेताहरूको सक्रियता सुरु भएको छ ।

खास गरेर मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभा अध्यक्ष निर्वाचनलाई लिएर सत्तागठबन्धनबीच तनाव देखिएका वेला पछिल्लो दौडधुपमा एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछाने सक्रिय देखिएका छन् ।

सोमबार बिहानै एमालेको सचिवालय बैठक बसेको छ, जहाँ अध्यक्ष ओलीले पछिल्लो घटनाक्रमको ब्रिफिङ गरेका छन् । स्रोतले भन्यो, ‘‘माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टीसहितको नयाँ सत्ता समीकरणको औपचारिकता लागि सचिवालय बैठकमा छलफल भइरहेको छ ।’’

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com