काठमाडौं । नयाँ सत्ता समीकरणमा राजावादी पार्टी राप्रपा तत्काल सहभागी नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपासँग छलफल नै नगरेको भन्दै राप्रपा प्रवक्ता मोहन श्रेष्ठ पार्टी अहिले आन्दोलनमा रहेकाले सरकारमा जाने विषयमा कुनै सोच नबनाएको बताए ।

उनले भने, ‘हामीलाई प्रस्ताव पनि आएको छैन र हामीले तत्काल सोच पनि बनाएका छैनौँ । हामी अहिले आन्दोलनकारी दल हौँ । राष्ट्रिय शक्तिका बीचमा नवीन समझदारीको आवश्यकता छ ।’

advertisement

हिजो प्रधानमन्त्रीले एमाले, रास्वपा, जसपाका शीर्ष नेताहरूलाई बालुवाटार बोलाएर कुराकानी गरेका थिए । तर, राप्रपालाई बोलावट आएन ।

 

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com