काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नयाँ बन्ने सत्ता गठबन्धनमा सामेल हुने भएको छ । सोमबार बालुवाटार बैठकमा सहभागी भएपछि नाउपाका अध्यक्ष रेशम चौधरीले आफूहरु नयाँ सरकारमा जान सकारात्मक रहेको बताए ।

उनले भने, ‘नयाँ गठबन्धन जोडिने प्रयत्न हुँदैछ । कुनकुन दललाई गठबन्धनमा सामेल गराउने भन्ने विषयमा एक्ला एक्लै बोलाएर छलफल गर्ने प्रक्रिया जारी छ ।’ अध्यक्ष चौधरीले केन्द्रमा आफ्नो मन्त्री नै रहेको र केही प्रदेशहरुमा पनि पकड राम्रो रहेको उल्लेख गर्दै पार्टीको बैठक बसेर निर्णय सार्वजनिक गर्ने बताए । तर, उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक भएकैले पनि नयाँ बन्ने गठबन्धनमा नाउपाको महत्त्व रहने बताए ।

advertisement

नयाँ बन्ने सत्ता समिकरणमा सहभागी हुने बताएका चौधरीले आफ्ना माग र मुद्दालाई सम्बोधन गराएर मात्र कदम अगाडि बढाउने जानकारी दिए । ‘अहिले जोडिने नयाँ सत्ता गठबन्धनप्रति हामी सकारात्मक छौँ । विगतमा हामीले पटक पटक धेरै कुराबाट धोका खाएका छौँ,धेरै कुराहरुमा हामीलाई समावेश गरिएको छैन । तर, अबको गठबन्धनमा हामी सामेल हुँदा आफ्ना धेरै माग मुद्दालाई सम्बोधन गराएर मात्र जान्छौँ’ चौधरीले भने ।

जनतामा अस्थिर राजनीतिका कारण चरम निराशा पैदा भएको उल्लेख गरेका उनले नयाँ बन्ने सरकार जनता र विकासमुखी हुनुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com