काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने पुन: गृहमन्त्रीमा बन्ने पक्का भएको छ। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपश्चात लामिछानेलाई गृहमन्त्री बनाउने भएको स्रोतको भनाई छ।

नयाँ सत्ता समीकरण बनेपछि लामिछानेले गृह मन्त्रालयको अडान राखेका थिए। यस अगाडि गत वर्षको पुषमा बनेको एमाले नेतृत्वको गठबन्धनबाट पनि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेका थिए।
सर्वोच्च अदातलको संवैधानिक इजलासले लामिछानेको नागरिकता कायम नरहने ठहर गर्दै सांसद पद खारेज गरिदिएको थियो।

advertisement

नागरिकता खारेज भएसँगै लामिछानेको मन्त्री पद पनि स्वतः खारेज भएको हो। उनले पुन: नागरिकता कायम गरेपछि चितवनबाट उपनिर्वाचनमा निर्वाचित भएका हुन्।

विना विभागीय मन्त्री रहेका डीपी अर्याललाई श्रम मन्त्री र सुमना श्रेष्ठलाई शिक्षामन्त्रीमा पठाउने तयारी भएको स्रोतको भनाई छ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सहकार्य तोडेर एमाले नेतृत्वको गठबन्धनसँग सहकार्य गरेका छन्। नयाँ सत्ता समीकरणमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा छन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com