काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिबद्धता र जनताले दिएको म्यान्डेट लत्त्याएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजन गर्दै पूर्वअर्थमन्त्री महतले दाहालले काँग्रेस महासमिति बैठकमा प्रस्तुत प्रस्ताव र कोशी प्रदेशका बहानामा धोका दिएको आरोप लगाए ।

advertisement

उनले भने, ‘प्रचण्ड’ले नेपाली काँग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिबद्धता र जनताले दिएको म्यान्डेत लत्त्याउनुभएको छ । काँग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र बेइमानीको संज्ञा दिसकेका छौँ । प्रधानमन्त्रीजीले सदनमा बोल्दा काँग्रेसले घात गरेको कारण सत्ता फेरबदल गर्नुपरेको बताएका छन् । यो सबै कपोलकल्पित र झुटो हो ।’

प्रधानमन्त्री ‘प्रचण्ड’ले २०७९ सालको आम निर्वाचनपपछि मात्र तीन पटक सत्ता सहकार्य फेरेको भन्दै महतले ‘प्रचण्ड’को प्रवृति भएको उल्लेख गरे ।

उनले भने, ‘नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र वेइमानीको संज्ञा दिसकेका छौँ । प्रधानमन्त्री दाहालले सदनमा बोल्दैगर्दा काँग्रेस महासमिति बैठकका कुरा, कोसीका कुरा गर्नुभएको थियो । यो सब बाहानाबाजी थियो । यही आम निर्वाचनपछि पनि तीन पटक गठबन्धन परिवर्तन गर्नुभएको छ । उहाँको प्रवृतिजन्य निर्णय सिवाव केही होइन ।’

प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com