काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको समस्या जिल्लास्तरबाटै समाधान हुनेगरी काम गर्न देशै भरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।
बिहीबार ७७ जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसंगको भर्चुअल बैठकलाई सम्बोधन गर्नै मन्त्री लामिछानेले जिल्लाबाट आफ्नो गुनासो सम्बोधन नभएको भन्दै जनता सिंहदरबार धाउने वातावरण सृजना भए त्यसको जवाफदेहि प्रमुख जिल्ला अधिकारी हुने चतावनी दिए ।
जनताको सबै समस्या जिल्लाबाट समाधान हुनु पर्ने भन्दै उपप्रधानमन्त्री लामिछानेले जिल्लाबाट समाधान हुन नसक्ने समस्या लिएर सिडियो र जिल्लाका सुरक्षा अधिकारी मात्रै सिंहदरबार धाउनु पर्ने उनले बताए ।
‘जनताको समस्या तपाईंहरुले त्यहीबाट हल गर्नुस्,’ उपप्रधानमन्त्री लामिछानेले भने,‘त्यहाँबाट समाधान नहुने समस्या भए काठमाडौंबाट समाधान खोज्न तपाईंहरु यहाँ धाउने हो, जनतालाई दुःख दिने होइन ।’
गृह मन्त्रालयको हरेक सूचक ९० दिनभित्र सुधार हुनुपर्ने भन्दै लामिछानेले फरार अपराधी पक्राउ गर्न, तस्करी र गुण्डागर्दी नियन्त्रणमा तत्काल काम गर्न निर्देशन दिए।
गृहमन्त्रीको १० बुँदे निर्देशनमा जनतालाई प्रदान गरिने सेवाको प्रभावकारीता, तस्कारी नियन्त्रण, गुण्डागर्दी नियन्त्रण लगायतका विषय मुख्य छन् ।
प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार













प्रतिक्रिया