काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीमा संलग्न जो कोहीलाई कारबाही गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री प्रचण्डले त्यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीको मुख्य प्राथमिकता सुशासन रहेकाले कानुनी रूपमा दोषी देखिएका जो सुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन भएको जानकारी दिए ।
जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले आयोगको अध्ययनबाट दोषी देखिएका र कारबाहीको सिफारिस भएकाहरूलाई कारबाहीअघि बढाउन निर्देशन दिएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार













प्रतिक्रिया