काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले भ्रष्टाचार अन्त्य गर्नु नै रास्वपाको मिसन रहेको बताएका छन् ।
आइतबार (आज) संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री अर्यालले रास्वपाको मिसन भ्रष्टाचार र बेथितिविरुद्धमा काम गर्ने रहेको बताएका हुन् ।
‘रास्वपाको मिसन बेथितिविरुद्धमा काम गर्ने हो । सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्नुपर्छ । हाम्रो योभन्दा बढी मिसन खासै छैन । यति काम गर्ने बित्तिकै यो देश समृद्ध हुन्छ,’उनले भने ।
प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार













प्रतिक्रिया