काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

काठमाडौं जिल्ला अदालतले बिहीबार वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए।

advertisement

उनलाई यसरी म्याद थप गरिएको यो सातौं पटक हो।
प्रहरी वृत्त महराजगञ्जले वाइबामाथि कुटपिट गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ।

गत फागुन १६ गते उनलाई सिन्धुपाल्चोक प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको थियो। उनी २३ दिनदेखि हिरासतमा छिन्।

प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com