काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सरकारी वकिलको कार्यालय दुवैले उनको बयान लिइसकेका हुन् ।
बयान सकिएसँगै उनलाई छाड्ने तयारी भइरहेको छ । स्रोतका अनुसार कमजोर स्वास्थ्य अवस्थाका कारण महरालाई छाड्ने तयारी भएको हो ।
५ चैतमा कपिलवस्तुबाट पक्राउ परेका महरालाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो । अदालतले दिएको उक्त म्याद आज सकिँदै छ ।
उनलाई थप हिरासतमा राख्नका लागि म्याद थप गर्नुपर्ने हुन्छ । तर, सीआईबीले कमजोर स्वास्थ्यका कारण उनलाई छाड्ने तयारी गरेको हो । तर, यसबारे निर्णय भने भइनसकेको बताइएको छ ।
प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार













प्रतिक्रिया