काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद् बन्द गरेर सभामुख विदेश भ्रमणमा जानु नाजायज कार्य भएको आरोप लगाएका छन् ।

शुक्रबार बिहान सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले संसद्को कार्यसूचीसमेत थन्काएर सभामुख विदेश भ्रमणमा जानु गलत काम भएको बताएका हुन् ।

advertisement

‘सभामुख विदेश भ्रमणमा जानुपर्ने भए उपसभामुखलाई जिम्मा दिएर जानुपर्दथ्यो तर संसद्को कार्यसूची नै थन्काएर विदेश भ्रमणमा जानु नाजायज कार्य हो,’ उनले भने ।

आफूहरूले देश चलाउने मौका पाए भ्रष्टाचारीमाथि डोजर चलाउनेसमेत उनले दाबी गरे । ‘देश चलाउने मौका हामीले पाए भ्रष्टाचारीमाथि डोजर चलाउँथ्यौँ,’ उनले भने,‘जनतामा राजनीति र नेतृत्वप्रति वितृष्णा छ ।’ सार्वजनिक पद धारण गरेका व्यक्तिलाई अभियोग लागेपछि त्यसको सफाइ दिनुपर्ने भन्दै अध्यक्ष लिङ्देनले गृहमन्त्री रवि लामिक्षानेप्रति लक्षित गर्दे भने,‘म भएको भए पद छोडिसिक्थेँ ।’

 

प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com