काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध चेन्नई सुपर किंग्सका तीव्र गति बलर मुस्ताफिजुर रहमानले हंगामा मच्चाएका छन्।

सीएसकेका लागि मुस्ताफिजुरले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । आफ्नो पहिलो स्पेलमा मुस्ताफिजुर यति घातक साबित भए कि विराट कोहली र फाफ डु प्लेसिस रन बनाउन सकेनन । पहिलो स्पेलमा मुस्ताफिजुरले दुई ओभरमा ७ रन खर्चेर ४ विकेट लिए।

advertisement

यद्यपि, उनले आफ्नो दोस्रो स्पेलमा एक पनि विकेट लिन सकेनन्। तर उनले जुन तरिकाले बलिङ गरे त्यसको डर आरसीबीका खेलाडीहरूको अनुहारमा स्पष्ट देखिन्थ्यो। मुस्तफिजुरले आफ्नो बलिङमा फाफ डु प्लेसिस, विराट कोहली, क्यामरुन ग्रीन र रजत पाटीदारको विकेट लिए ।

प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com