काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गर्ने जीबी राईलाई जहाँ बसेको भएपनि समाएर ल्याउने बताएका छन् । उनले देशमा होस् कि विदेशमा जहाँ भएपनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सहकारी ठगीमा संलग्नताको आरोप लागेर प्रमुख प्रतिपक्षले संसद्मा राजीनामा मागिरहेको बेला शनिबार एक कार्यक्रममा बोल्दै राईलाई पक्राउ गरिछाड्ने बताएका हुन् । उनले राईसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
सहकारीका बचतकर्ताहरूको पैसा ब्याजसहित फिर्ता गराउन आफू लाग्ने पनि उपप्रधान तथा गृहमन्त्री लामिछानेले बताए । उनले भने, ‘सहकारीमा बचतकर्ताहरूको पैसा ब्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम लिन्न । जो जहाँ लुकेको होस्, देशमा होस्, विदेशमा होस्, आकाशमा होस्, पातालमा होस् समाएर ल्याउँछौं ।’
प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार













प्रतिक्रिया