• एसईई परिक्षामा सहभागी विद्यार्थीका अभिभावकहरुलाई चर्चित कार्टुनिस्ट तथा शिक्षक आशिष खनाल ‘माड्साब’ को अनुरोध ।

प्रिय अभिभावक ज्युहरु

भोलि देखि तपाईं हाम्रा प्यारा छोराछोरीहरु एसईईको परीक्षामा सहभागी हुँदै छन्। कृपया उनिहरुलाई फलानाले जति नै अथवा फलानोको भन्दा धेरै अंक ल्याउनु पर्छ भनेर दबाब नदिनुस है। बोरु आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्ने कोशिस गर भनेर हौसला दिनुस्।

advertisement

तपाईं हामीलाई राम्रोसंग थाहा छ कि सबै विद्यार्थी सबै विषयमा पोख्त हुदैनन् र हुन आवश्यक पनि छैन। एउटै कक्षामा पनि फरक-फरक रुचि र क्षमता भएका विद्यार्थीहरु हुन्छन्। उनिहरुलाई उदाहरण दिनुस्- देवकोटा र विनोद चौधरी, मह जोडि र पारश खड्का, अनुराधा कोइराला र कुन्ती मोक्तान फरक-फरक क्षमताका विद्यार्थीहरु थिए।तसर्थ उहाँहरु भिन्न-भिन्न क्षेत्रमा भएर पनि आफ्ना-आफ्ना क्षेत्रमा अब्बल र सुपरिचित हुनुहुन्छ। देवकोटाले प्राप्त गर्नु भएको गणितको अंक, कुन्ती मोक्तानले कण्ठ गर्नु भएको बिज्ञानका सिद्धान्त र विनोद चौधरीले घोक्नु भएका साहित्यकारका जन्म मितिहरु उहाँहरुको जिवनमा अर्थहिन साबित भए। यी कुराहरुले उहाँहरुको सफलतामा कुनै प्रभाव पारेनन्।

तर यी कुराहरु गर्दै गर्दा भोलीबाट हुने परिक्षाको महत्व नै छैन भन्ने पनि होइन। हामी सधैँ हाम्रो ‘प्यासन’लाई ‘करिअर’ बनाउन सफल हुन्छौं भन्ने छैन। तसर्थ हामी मध्यम वर्गीय परिवारका लागि सबै भन्दा ठूलो बैकल्पिक अस्त्र शिक्षा र हाम्रो सर्टिफिकेट नै हो भन्ने कुरा पनि स्पष्ट पारिदिनुस्। यति भए नानीबाबुहरु खुसी हुन्छन्,पक्कै परीक्षा राम्रो गर्छन्। अर्को कुरा हरेक दिन हासेर “Best of luck” भन्न नभुल्नुस। यस्ले उनिहरुलाई छुट्टै उर्जा दिन्छ।

 

प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com