काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछानेलगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेताहरुमाथि अनुसन्धान गर्न छानबिन समिति गठन हुनुपर्ने बताएका छन् ।

आइतबार बुटवलमा पत्रकारसँग कुराकानी गर्दै नेता भण्डारीले छानबिन समिति गठनको माग संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यता भएको बताए ।

advertisement

‘विगतमा अरुमाथि औँला उठ्याउनेहरुले आफूमाथि प्रश्न उठेपछि छानबिनका लागि तयार भएर नैतिकता देखाउनुपर्छ,’ भण्डारीले भने, ‘संसदीय छानबिन समिति माग गर्नु नयाँ दल वा गृहमन्त्रीप्रति कुनै आग्रह पूर्वाग्रह होइन ।

प्रकाशित मिति: २५ चैत्र २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com