काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आफूविरुद्ध ठाडो उजुरी परेको जिकिर गर्दै लामिछानेले त्यस्तो उजुरीका भरमा राजीनामा दिने हो भने सर्वदलीय सहमति गर्नुपर्ने बताए ।

उपप्रधानमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसमा सहमति गरेर अघि बढ्न काँग्रेस तयार हुनुपर्ने बताएका छन् । काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाले छानबिनका लागि संसदीय समिति बन्नुपर्ने भन्दै संसद् बैठक अवरुद्ध पारिरहेका बेला उनले भने मङ्गलवार संघीय संसद् भवनमा उजुरी पर्दैमा छानबिन गर्ने कुरा संसदीय मूल्य, मान्यताभित्र नपर्ने जिकिर गरे ।

advertisement

प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com