काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राम्रो काम गर्ने उद्योगी व्यवसायीहरूको साथमा गृह प्रशासन रहेको र गलत गर्नेहरूलाई कारबाही गरिने बताएका छन्।

वीरगन्जमा गृह मन्त्रालय र अर्थ मन्त्रालयद्वारा आयाेजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा गृहमन्त्रीले उद्योगी व्यवसायीहरूले एउटा सामग्रीको बिल राखेर अर्को सामान पठाउनेलाई गम्भीर रूपमा लिएको बताए।

advertisement

अहिले बिल बिजकमा देखिएको समस्यालाई पूर्ण रूपमा नियन्त्रण गर्ने गरी कदम चाल्ने उनको भनाइ छ। व्यापारको नाममा बिल नबनाउने, गलत बिल बनाउने, एउटा बिलमा अर्को सामग्री हाल्नेलाई नियन्त्रणमा लिने र कारबाही गरिने उनको भनाइ छ।

मन्त्री लामिछानेले देशमा अहिले राजस्व संकलनमा देखिएको चुनौतीहरूलाई सामना गर्नका निमित्त नीतिगत रूपमा सरकारले चाल्नुपर्ने कदमको सन्दर्भमा गहिरो ढंगले छलफल गरिरहेको बताए।

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com