एजेन्सी । पहिलो पटक दूधमा बर्डफ्लुको भाइरस फेला परेको पुष्टि भएको छ ।अमेरिकाको टेक्सासमा विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ‘एच फाइभ एन वान’ बर्डफ्लु भाइरस सङ्क्रमित जनावरको कच्चा दूधमा धेरै मात्रामा पाइएको जनाएको छ । तर, उक्त भाइरस दूधमा कति समयसम्म टिक्छ भन्ने कुरा स्पष्ट भने नभएको डब्ल्यूएचओले जनाएको छ ।

एभियन इन्फ्लुएन्जा ‘एच फाइभ एन वान’ पहिलो पटक १९९६ मा देखा परेको थियो । तर सङ्क्रमित स्तनधारी जनावरहरूको सङ्ख्यामा वृद्धिसँगै २०२० पछि चराहरूमा प्रकोपको सङ्ख्या द्रुत रूपमा बढेको छ । जसका कारण लाखौं पशुपंक्षीहरु सङ्क्रमित भएका छन् ।गत महिना गाई र बाख्रामा पनि बर्डफ्लुको लक्षण देखिए पछि यसलाई अति संवेदनशील रूपमा विज्ञहरूले लिएका छन्।

advertisement

अमेरिकी अधिकारीहरूले यस महिनाको सुरुमा टेक्सासको डेरी फार्ममा काम गर्ने एक व्यक्ति गाईबस्तुको सम्पर्कमा आएपछि बर्डफ्लूको सङ्क्रमित भएको पुष्टि गरेका थिए । सङ्क्रमित जनावरको दूधमा पनि भाइरस भेटिएको र विज्ञहरूले अझै पनि दूधमा भाइरस कति समय बाँच्न सक्छ भनेर अनुसन्धान गरिरहेको जनाइएको छ ।

टेक्सासको स्वास्थ्य विभागले गाईबस्तुमा सङ्क्रमण व्यावसायिक दूध आपूर्तिको लागि चिन्ताको विषय नभएको प्रतिक्रिया दिएको छ । विश्व स्वास्थ्य सङ्गठनका ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेन्किङ झाङले भने, ‘टेक्सासमा भएको घटना एउटा गाईबाट एभियन इन्फ्लुएन्जाबाट मानिसमा सङ्क्रमित भएको पहिलो घटना हो ।’

प्रकाशित मिति: ८ बैशाख २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com