दाङ । दाङको पर्यटकीय स्थल तुलसीपुर– १९ छिल्लिकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्नेलाई पक्राउ गरिएको छ।

माताको भेषमा गएर मूर्ति चोरी गर्ने तीन महिलालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रविर पुनले बताए।

advertisement

उनका अनुसार आइतबार दिउँसो ३ बजेतिर मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो। ती मूर्ति चोरी गरेको आरोपमा तुलसीपुर– १७ बनकट्टीनिवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरिएको हो।

उनीहरू तीनैजनाले आफूहरू माता रहेको र भगवानले घण्टी मागेको भन्दै मूर्ति र घण्टी ल्याएको बताएका छन्। अध्यक्ष पुनका अनुसार उनीहरूलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको छ।

  • नयाँपत्रीका/ दिपक बोहरा

प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com