काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश फेरि पक्राउ परेका छन् । उनलाई रुपन्देही प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पत्रको आधारमा शुक्रबार फेरि पक्राउ गरेको हो।

बैशाख ७ गते रुपन्देही जिल्ला अदालतबाट चार लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिए पनि उनी धरौटी रकम जम्मा नगरी जिल्ला कारागार रुपन्देहीमा रहेका उनी रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए।

advertisement

सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपनि सुन तस्करी प्रकरणमा समेत नाम जोडिएकोले सिआईबीले पक्राउ गर्ने सुईको पाएपछि धरौटी जम्मा नगरेका पुनलाई गत बैशाख ७ गते नै कारागार चलान गरिएको थियो। शुक्रवार सहकारी ठगी प्रकरणमा अदालतले तोकेको चार लाख रुपैयाँ धरौटी बुझाएर निस्किएका पुनलाई सिआईबीले पुन: पक्राउ गरेको हो।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com