बाँके । युट्युब हेरेर आफैँले बनाएको पेस्तोल पड्किँदा बाँकेमा एक जना घाइते भएको प्रहरीले जनाएको छ।
बाँके प्रहरीका अनुसार राप्तिसोनारी गाउँपालिका- ५, चाचरफर्काका १६ वर्षीय सचिन थारुले युट्युब हेरी काठ र फलामको घरेलु कटुवा पेस्तोल जस्तो देखिने हतियार बनाएका थिए । सो पेस्तोल गए राति १० बजेतिर पड्किएको हो।
थारुले उक्त हतियार आफ्नो पाइन्टको पछाडिको गोजीमा राखेका थिए। उक्त पेस्तोल झिक्ने क्रममा पड्किँदा थारुको दाहिने खुट्टाको पछाडिपट्टी छर्रा लागेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले थारुलाई उपचारका लागि मेडिकल कलेज नेपालगञ्ज, बाँके पठाइएको छ भने हतियार प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार













प्रतिक्रिया