काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको उत्तर पुस्तिका सहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

बुधबार कक्षा १२ को कम्प्युटर साइन्सको परीक्षा चलिरहेको बेला प्रश्न पत्र आउट गरी एक पार्टी प्यालेस बसेर उत्तर हल गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

advertisement

पक्राउ पर्नेमा काठमाडौंको कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकालीका १९ वर्षीय सविन पौडेल, कागेश्वरी मनोहराका २० वर्षे सितेशकुमार यादव र कागेश्वरी थली बस्ने वर्ष २३ का रोशन रानाभाट रहेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार उनीहरुलाई काठमाडौं महानगरपालिका वडा नं-६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मूल उत्तर पुस्तिकामा सम्बन्धित विषयको नै उत्तर हल गरिरहेको अवस्थामा पार्टी प्यालेसबाटै नियन्त्रणमा लिइएको हो।

उनीहरूमाथि शिक्षा ऐन, २०२८ बमोजिम जिल्ला प्रहरी परिसर, काठमाडौंबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

  • नागरिक

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com