काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा शनिबार राति दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

advertisement

उनले भने, ‘गए राति दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’

धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताए ।

  • रासस

प्रकाशित मिति: ३० बैशाख २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com