काठमाडौं । गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेको आरोपको विषयमा स्पष्टीकरण दिन पाउनुपर्ने बताएका छन्।
सोमबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले आफ्नो जवाफ नै नसुनी छानबिन समिति बनाउने कुरा स्वीकार्य नभएको स्पष्ट पारे।
‘ममाथि निरन्तर रूपमा उहाँहरू (कांग्रेस)ले आरोप लगाएपछि एकपटक आफ्नाबारेमा उठेका प्रश्नको बारेमा जवाफ दिन पाउनुपर्छ, त्यो मेरो अधिकार हो। कसैले खोसेर खोसिने कुरा होइन। सार्वभौम संसदमा त्यति अधिकार सबैको हुन्छ,’ उनले भने।
प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार













प्रतिक्रिया