काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।

बिहीबार बिहान सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेसँग बालुवाटारमा कुराकानी गरेपछि प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरूलाई उक्त सन्देश पठाएका छन्।

advertisement

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार प्रधानमन्त्री दाहालबाट सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न तयार रहेको सन्देश आएको छ।

प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com