काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-इस्टेटको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बिहीबार प्रजातान्त्रिक विचार समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले ओलीको आरोपको खण्डन गरेका हुन् ।

देउवाले ओलीले आफैँ निर्णय गरेर कांग्रेसलाई आरोप लगाएको प्रतिक्रिया दिँदै कांग्रेसले अनियमितता गरेको भए पुष्टि गर्न चेतावनी दिए । ‘अदालतले उहाँलाई भनेको छ, उहाँ कांग्रेसको पालामा भएको भन्नुहुन्छ,’ उनले भने, ‘आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कसको पालामा कहिले भयो भनिदिए भैगो नि त ! यस्तो कुरा ओलीजस्ता नेताले भन्न सुहाउँदैन ।’

advertisement

कांग्रेस नेता डा. शेखर कोइरालाले ओलीप्रति लक्षित गर्दै कांग्रेसलाई आरोप लगाएर धम्की नदिन चुनौती दिए । उनले सहकारी प्रकरण कांग्रेसले उठाउँदा ओलीको यस्तो अभिव्यक्ति आएको भन्दै आरोप पुष्टि गर्न सक्नुपर्ने बताए ।

प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com