काठमाडौँ । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत भएका छन् ।

शुक्रबार नेपाली काँग्रेसको आयोजनामा बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले छानबिन समिति बनाउने माग गर्ने निर्णय गरेको हो ।

advertisement

बैठकले बिहीबार सभामुख देवराज घिमिरेले विपक्षीलाई पेलेर अगाडि बढ्न खोजेको विषयलाई पनि उठाउने भएको छ । विपक्षी दलहरूले हिजोको घटनाबारे सभामुखलाई संयुक्त रूपमा ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले लगातार संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

अबदेखि काँग्रेसको मागलाई अन्य विपक्षी दलले पनि साथ दिने भएका हुन् । बैठकमा काँग्रेसका साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए ।

प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com