काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छानबिन समिति बन्न देश छोड्न पर्ने हो भन्दै प्रश्न गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले छानबिन समिति बनाउन आफूले के गर्नुपर्ने भन्दै प्रश्न गरे।

advertisement

उनले भने, ‘कस्तो समिति बन्नुपर्ने हो। रास्वपालाई हटाएर यस्तो समिति बन्नुपर्‍यो भन्नुस्, त्यसका लागि तयार छु। रास्वपालाई हटाएर कस्तो समिति बन्नुपर्ने हो। समिति बन्न भन्नुस् मैले के गर्नुपर्‍यो। मैले सदन छोड्नुपर्‍यो, पार्टी छोड्नुपर्‍यो, मन्त्री छोड्नुपर्‍यो की देश छोड्नुपर्‍यो ?’

प्रकाशित मिति: ६ जेष्ठ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com