काठमाडौं । सिजी मोटर्स अन्तर्गत हिरोको ब्राण्ड एम्बेसडरमा कलाकार दयाहाङ राई, सुरक्षा पन्त र सुशान्त केसी नियुक्त भएका छन् ।

सिजि मोटर्सले नक्सालस्थित ‘स्टेट अफ दि आर्ट’ शोरूममा एक कार्यक्रम गरी नेपाली चलचित्रका चर्चित अभिनेता दयाहाङ राई, नायिका सुरक्षा पन्त र लोकप्रिय गायक सुशान्त केसिलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको हो ।

advertisement

यस रणनीतिक कदमले हिरो ब्रान्डको उपस्थितिलाई नेपालमा अझै बलियो बनाउने लक्ष्य कम्पनीले राखेको छ ।

मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ । सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समयअघि मात्रै नेपालमा विस्तारका लागि आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्ब गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरेको थियो । हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भईरहेका छन्‌ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com