धनुषा । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज (बुधबार) जिल्ला अदालत धनुषा लगिएको छ।

अनुसन्धानका लागि म्याद थप गर्न धनुषा प्रहरीले केही बेरअघि सिरोहियालाई अदालत पेस गरेको हो।

advertisement

अहिले अदालत आसपासको सुरक्षा व्यवस्था निकै कडा छ । बाक्लो संख्यामा त्यहाँ प्रहरी परिचालन भएका छन् । अदालत जाने सडकमा प्रहरीले घेरा हालेको छ । अदालतमा प्रवेशमा समेत कडाइ गरिएको छ ।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाले अदालतसँग सुरुमा हामी १० दिनको म्याद माग्ने जानकारी दिए।

प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com