एजेन्सी । भारतको उत्तर प्रदेश राज्यस्थित लखनउमा चोर्न भनेर एक घरमा प्रवेश गरेका व्यक्ति निदाइराखेको अवस्थामा पक्राउ परेका छन्।

मदिराले मात्तिएका उनी एसी भेटाएपछि खोलेर त्यहीँ निदाएको प्रहरीले जनाएको छ।

advertisement

तर, डाक्टरको परिवार वाराणासीमा भएकाले मान्छे कोही थिएनन्। त्यसपछि एसी खोलेर उनी आनन्दले भुइँमा सुते।

बिहान घरको सामुन्ने गेट खुला देखेपछि छिमेकीहरुले ती डाक्टरलाई फोन गरे। डाक्टरले आफू घरमा नभएको बताउँदै प्रहरीलाई बोलाए।
त्यसपछि प्रहरी घरमा आइपुग्यो। जसले सुतिरहेका व्यक्तिलाई उठायो।

प्रहरीले सार्वजनिक गरेको तस्बिरमा ती व्यक्ति हातमा फोन समातेर निदाइरहेका देखिन्छन्।

प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com