काठमाडौँ । अछामको एक स्वास्थ्य चौकीमा फ्रिजभित्र बियरका बोतल भेटिएका छन्। कमलबजार नगरपालिका–९ मस्टाबण्डालीस्थित स्वास्थ्य चौकीको औषधी राख्ने फ्रिजभित्र बियरहरू भेटिएका हुन्।
फ्रिजभित्र तीन वटा बियरका बोतल फेला परेको बताइएको छ। स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको पनि स्थानीयहरूको आरोप रहेको छ ।
सोही थाहा पाएर स्थानीयले छड्के अनुगमन गर्ने क्रममा फ्रिजभित्र ३ बोतल बियर भेटाएका हुन् । वडाध्यक्ष कमल भण्डारीले भने फ्रिजमा बियर राख्नेलाई छानबिन गरेर कारबाही गर्ने बताएका छन् ।
प्रकाशित मिति: १ असार २०८१, शुक्रबार












प्रतिक्रिया