काठमाडौं । प्रतिनिधि सभाका सांसद डा.अमरेशकुमार सिंहले सबै कवाडी काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको घर अगाडि लगेर थुपार्न कवाडी सङ्घलाई आग्रह गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मेयर शाहले सिकाएको कुरालाई नै सिक्दै सबै कवाडी उनको घर र महानगर अगाडि लगेर थुपार्न सङ्घलाई आग्रह गरेका हुन्।

advertisement

उनले भने, ‘काठमाडौं महानगरकै मेयर बालेन्द्र शाहले नै सिकाएका छन् काम भएन भने कार्यालयको अगाडि लगेर फोहोर मिल्काउने। म यो संसदबाटै कवाडी सङ्घलाई आग्रह गर्न चाहान्छु, सबै फोहोर मेयर बालेन शाहको अगाडि र महानगरको अगाडि लगेर थुपारौँ। त्यसको लागि हामी साथमा छौँ।’

 

प्रकाशित मिति: ६ असार २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com