एजेन्सी । साउथ कोरियामा आत्महत्यासँग सम्बन्धित एक अनौंठो घटना सार्वजनिक भएको छ। नगरपालिकाका लागि काम गर्दै आएको एउटा रोबोटले आत्महत्या गरेको छ।

डेली मेलका अनुसार साउथ कोरियाको गुमी सिटी नगरपालिकामा काम गर्दै आएको उक्त रोबोटले आफूलाई भर्याङ्गबाट तल खसालेको हो। भर्याङ्गटबा तल खसेको रोबोट निष्क्रिय अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटना पछि प्रहरीले यसबारे जाँच सुरु गर्ने बताएको छ।

advertisement

उक्त रोबोटले गुमी सहरका नागरिकहरूलाई पछिल्लो १ वर्षदेखि प्रशासनिक काममा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सहयोग गर्दै आएको थियो। उक्त रोबोटसँग सरकारी परिचयपत्र पनि थियो।
रोबोट केही समयदेखि कामका कारण तनावमा भएकाले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।

साउथ कोरियामा सरकारी कार्यालयहरूका प्रत्येक १० कर्मचारीमध्ये एकजना रोबोटले सेवा दिँदै आएका छन्।

प्रकाशित मिति: २१ असार २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com