काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा अनुबन्धन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिनाका लागि केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो।

उनको अनुबन्धन जुलाई १ देखि डिसेम्बर ३१ सम्म रहने क्यानले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। टी-२० अन्तर्राष्ट्रियमा एक सय रन पूरा गरेकोमा क्यानले लामिछानेलाई बधाइसमेत दिएको छ।

advertisement

बलात्कार अभियोग लागेपछि लामिछाने केही समय निलम्बनमा परेका थिए। उच्च अदालत पाटनले सफाइ दिएपछि विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका थिए। उनले बंगलादेशविरुद्ध दुई विकेट लिँदै सय विकेट पूरा गरेका थिए। अमेरिकाले भिसा नदिँदा उनले नेदरल्यान्ड्विरुद्धको खेल भने गुमाएका थिए।

प्रकाशित मिति: २२ असार २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com