चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २८ स्थित गोलाघाट नजिकै फेरी अर्को शव फेला परेको छ।

सिमालताल बस दुर्घटनाभन्दा ५० किलोमिटर तल गोलाघाट नजिकै नारायणी नदी किनारको टापुमा शव फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। उक्त शव पनि सिमलताल दुर्घटनाकै यात्रुको हुन् सक्ने आशंका गरिएको पनि पुष्टि हुन भने बाँकी रहेको छ।

advertisement

यसअघि शनिवार गोलाघाटमा एक र गैंडाकोटमा दुईजनाको शव फेला परेको थियो। तीन वटै शव सिमलताल दुर्घटनाकै भएको पुष्टि भइसकेको छ।

प्रकाशित मिति: ३१ असार २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com