काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मन्त्रिपरिषद्मा महिलामन्त्रीको सङ्ख्या बढाउनुपर्नेमा जोड दिएकी छन्।
राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको संयुक्त राष्ट्रसङ्घीय महिला महासन्धि समिति (यूएन सिड कमिटी)को प्रतिवेदनमाथिको छलफलमा उनले आगामी दिनमा मन्त्रिपरिषद्मा महिलामन्त्रीको सङ्ख्या बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
महिला, महिलाबीचको प्रतिस्पर्धा गर्ने व्यवस्थाका लागि बहस चलिरहेकाले संविधानको मर्म परिवर्तन नहुने गरी यसलाई संशोधन गरिने उनले बताइन्।
प्रकाशित मिति: १० श्रावण २०८१, बिहिबार













प्रतिक्रिया