काठमाडौं । रातिदेखि परेको अविरल वर्षाका कारण बाढीमा फसेका १५ जनाको उद्धार गरिएको छ।

काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गणबाट  खटिएको सुरक्षा टोलीले उद्धार गरेको हो।

advertisement

अबिरल वर्षाका कारण उनीहरू बाढीमा फसेको खबर पाएपछि बिहान ५ बजे गणबाट उद्धार टोली परिचालन गरिएको शसस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

प्रकाशित मिति: १६ श्रावण २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com