काठमाडौं । प्रतिनिधिसभाकी सांसद सोविता गौतमले आफूमाथि सार्वजनिक स्थलमै अभद्र व्यवहार भएकोबारे सरकारलाई गम्भीर ध्यानाकर्षण गराएकी छिन् ।

आइतबार करिब साँझ ५ बजे आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको कागेश्वरी–मनोहरा नगरपालिका– ६ स्थित मनकामना टोलमा अभद्र व्यवहार भएको गौतमले सोमबार प्रतिनिधिसभामार्फत जानकारी गराइन्।

advertisement

उक्त क्षेत्रमा पहिरो गएको ठाउँ अवलोकन गरेर फर्कने क्रममा केही युवाले अभद्र व्यवहार गरेको उल्लेख गर्दै उनले भनिन्, ‘म फर्केर आउँदा त्यहाँ १५–२० जना साथीहरू जम्मा भइसक्नुभएको थियो र ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्थेन । उहाँहरू कोही गाँजाको नसामा लठ्ठ हुनुहुन्थ्यो, कोही रक्सीले मात्तिएको हुनुहुन्थ्यो र कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो ।’

आफूलाई घेरेर उनीहरूले तथानाम मुख छाडेका भन्दै गौतमले दुर्व्यवहार गर्नेहरूमध्यकै कसैले उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा हालेको भेटिएको बताइन्।

‘भिडियो अपलोड गर्ने मान्छेको प्रोफाइल खोलेर हेर्दा, जो व्यक्ति मसँग अभद्र शैलीले त्यहाँ प्रस्तुत भएको थियो, तिनै व्यक्तिले भिडियो अपलोड गरेको थियो । त्यो व्यक्तिको प्रोफाइलमा लेखिएको थियो कुनै एउटा राष्ट्रिय दलको युवा संगठनको संवेदनशील पदमा रहेका साथी हुनुहुन्थ्यो,’ उनले भनिन् ।

प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com