एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतबाट लन्डन जाने अफवाह चलिरहेको समयमा बेलायतले हसिनालाई झट्का दिएको छ । बेलायत हसिनालाई शरण दिन नसकिने जनाएको हो ।

बेलायत आएर शरण वा शरणार्थीको हैसियत माग्नेलाई त्यहाँको कानुनले यात्राको अनुमति नदिने बेलायतको गृह मन्त्रालयले बताएको छ । सोमबार सरकार विरोधी उग्र प्रदर्शनबिच राजीनामा दिएपछि हसिना अहिले दिल्लीमा छिन्।

advertisement

तर, शरण खोज्दै आउने वा अस्थायी रूपमा शरणार्थी बन्नकै लागि आउनेलाई यात्राको अनुमति दिने कुनै प्रावधान छैन,’ गृह मन्त्रालयको प्रवक्ताले भनेका छन् । अन्तर्राष्ट्रिय सुरक्षा चाहिने व्यक्तिले आफू पुगेको पहिलो सुरक्षित देशमै शरण माग्नु पर्ने प्रवक्ताको भनाइ छ । औपचारिक शरणको अनुरोधमा प्रक्रिया अगाडि बढिरहेको हल्ला पनि सुन्नमा आइरहेको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com