काठमाडौं । सोमबार दिउँसो साढे ३ बजेदेखि एनसेलको सेवामा अचानक समस्या देखापरेको छ।

एनसेलको सिम प्रयोगकर्ताहरूले फोन नलाग्ने, डेटा नचल्ने, र टावर नदेखाउने समस्याहरूको सामना गरिरहेका छन्।

advertisement

यस समस्याप्रति धेरैले सामाजिक सञ्जालमा गुनासो व्यक्त गरेका छन्। एनसेलले यो विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै प्राविधिक समस्याका कारण सेवाहरू अवरुद्ध भएको जनाएको छ। तर, समस्या के हो भन्नेबारे स्पष्ट खुलाएकाे छैन्।

एनसेलले समस्या समाधानका लागि तदारुकताका साथ काम भइरहेको र सेवा यथाशीघ्र पुनः सुचारु गरिने बताएको छ।

प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com