काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्।

झाँक्री नेतृ जयन्ती राईसँग पराजित भएकी हुन्। राईले १८९ मत पाउँदा झाँक्रीले १२२ मत मात्र पाइन्।

advertisement

यस्तैगरी, मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन्। उनले १६४ मत पाए।

खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन्। उनीहरूले क्रमश: १८९, १५६, १३९, १५१ मत पाए।

उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन्। उनीहरूले क्रमश: १५८, १०७, १०६, १०५ मत ल्याए।

त्यस्तैगरी, सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्माले १८० मत, आदिवासी जनजातिबाट बलदेव चौधरीले १७५ मत, खुलाबाट शेरबहादुर कुँवरले १५३, चन्द्रबहादुर शाहीले ९१, सोप्रसाद पाण्डेले १४१, सावित्रा कुमारी भुसालले १०६ र श्रीनाथ बरालले १०७ मत पाइ निर्वाचित भए।

 

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com