काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई भारतीय खुफिया एजेन्सीसँग सम्बन्ध रहेको आरोप लगाइएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साहलाई सो आरोप लगाएका हुन् ।

advertisement

उनले भनेका छन्,  ‘काठमाडौँ महानगरपालिकाका मेयर बालेनजी सांग्रिला होटेल पछाडि घर भाडामा लिएर दैनिक भारतीय खुफिया एजेन्सीसँगको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्न बन्द गर्नुस्, नेपाली जनताले तपाईँको असलियत बुझ्ने दिन धेरै टाढा छैन ।’

प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com